Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कांग्रेसको घोषणापत्र ११ गते, उम्मेदवारी दर्ता १२ गते


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वैशाख ११ घोषणापत्र जारी गर्ने भएको छ भने वैशाख १२ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्ने मिति वैशाख ११ र १२ गते तोकेको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य मधु आचार्यले वैशाख ११ गते लोकतन्त्र दिवसको दिन घोषणापत्र जारी हुने बताउनुभएको छ । ‘वैशाख ११ गते घोषणापत्र जारी गर्छौंं र १२ गते उम्मेदवारी दर्ता हुन्छ’, केन्द्रीय सदस्यसमेत रहेका आचार्यले भन्नुभयो– ‘घोषणापत्र तयारीका लागि समितिले शनिबार अपाङ्गता भएका व्यक्तिहरुसँग छलफल गरेको छ ।’

शनिबारको छलफलमा स्थानीय तहले निर्माण गर्ने जति पनि सार्वजनिक भवन छ त्यो सबै विश्वव्यापी मान्यताअनुसारको अपाङ्गमैत्री हुनुपर्ने, जुन घरमा अपाङ्ग भएका व्यक्ति छन् त्यो घरलाई अपाङ्गमैत्री बनाउन स्थानीय सरकारले निश्चित रकमा अनुदान दिने व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने, स्थानीय सरकारले लिने करमा विशेष छुटको व्यवस्था हुनुपर्नेलगायतका विषय प्रमुखताका साथ उठेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।