खिलनाथ ताजपुरिया र भूपेन्द्र खड्का (इमेज)
काठमाडौं, चैत ११ । सरकारले एक साताका लागि ‘लकडाउन’ गरेसँगै उपत्यका सुनसान बनेको छ ।
सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपिल गरेपनि मानिसहरु फाट्टफुट्टरुपमा भने निस्कने गरेको पाइएको छ । कतिपय त खुलेआम घुमेको पनि देखिएको छ ।
सरकारले सर्वसाधारणलाई घरबाट ननिस्कन अपिल गरेपनि सडकहरुमा फाट्टफुट्ट मानिसहरुको ओहोरदोहोर देखिएको छ । जसमध्ये केहीले भने बिनामास्क नै खुलेयाम हिँडिरहेका छन् ।
मास्क लगाउँदा श्वासप्रश्वासमा समस्या हुने भएकोले पनि बिनामास्क बसेको एकजनाको तर्क छ ।
लकडाउनले अत्यावश्यक सेवाबाहेकका निजामती तथा निजी क्षेत्रका कार्यालयहरु बन्द छन् ।
लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्