कैलाली, चैत ११ । कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका सयौं नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् ।
सोमबार रातिदेखि अलपत्र परेका उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरेका हुन् ।
मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको भएपनि कतिपय नेपालीहरु भागेर नेपाल प्रवेश गरेका छन् ।
संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति दिने निर्णय गरेपनि मंगलबार बिहानैदेखि ‘लकडाउन’ गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमबार साँझसम्म नाकामा पुगेका नेपाली रातिसमेत आउनेक्रम रहेकाले उनीहरु सीमा क्षेत्रमै बसेको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्