काठमाडौं । सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदका सदस्यहरुले १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम दिने भएका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिम नियन्त्रणका लागि सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गरिएको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार एक विज्ञप्तिमार्फत जनाएका छन् ।
एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णयलाई सकारात्मक भन्दै कांग्रेसले दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा उनीहरुलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग माग पनि गरेको छ ।
साथै कांग्रेसले यस विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न पनि कांग्रेसले अपिल गरेको छ ।









प्रतिक्रिया दिनुहोस्