Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘लकडाउन’ले सुनसान काठमाडौं (हेरौं भिडियो)


0
Shares

काठमाडौं । सरकारले आज(मंगलबार) बिहानदेखि देशैभर लकडाउन गर्ने निर्णय गरेपछि काठमाडौं सुनसान भएको छ ।

सरकारले अत्यावश्कीय सवारी साधनबाहेक सर्वसाधारणलाई घरबाट ननिस्कन अपील गरेपनि केही मानिसहरु बाटोमा फाट्टफुट्ट निस्कने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक संघ संस्थालाई पास जारी गरी सवारी साधन चलाउन व्ययवस्था गरिएपनि राति गरेको निर्णय अनुसार संचारकर्मीहरुले प्रेस पास प्रयोग गरी सवारीसाधन चलाउन पाउने नियम लागू गरेको छ ।

यद्यपी, पसलहरु पूरै बन्द गरी सर्वसाधारणलाई घरबाहिर निस्केमा कडा कारबाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनकै बीचका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु रद्द गरिएको छ ।

देश बाहिरबाट अन्तर्राष्ट्रिय उडानहरु चैत्र १० गते रातीदेखि बन्द गरिएकोमा हिजो लकडाउन भएपछि विदेश जान टिकट काटेका केही विदेशी पर्यटकहरु भने अलपत्र परेका छन् ।

सकारको निर्णय अनुसार लकडाउन अवधिभर कोही पनि घर बाहिर निस्कन पाउने छैनन भने सबैखाले सवारी साधन पनि बन्द हुने छन् ।

लकडाउका बेला अत्यावश्यक बाहेकका निजामती तथा निजी क्षेत्रका कार्यालयहरु पनि बन्द रहने छन् ।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले कठोर निर्णय लिएको हो ।