Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


राष्ट्रपतिबाट दुुई महिनाको पारिश्रमिक प्रदान


0
Shares

काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई दुुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट उक्त पारिश्रमिक प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।