काठमाडौं, चैत १० । बाँकेको जमुनाहा नाकाबाट ८०० बढी नेपालीको उद्धार गरिएको छ ।
सीमानाका ‘सिल’ भएपछि भारतबाट नेपाल आउन लागेका उनीहरुलाई रुपैडिहाबाट उद्धार गरी नेपालगन्जको ‘क्वारेन्टाइन’मा पुर्याइएको हो ।
स्वास्थ्य परीक्षणका क्रममा उच्च ज्वरो देखिएका एक दर्जनलाई थप परीक्षणका लागि एम्बुलेन्समार्फत् भेरी अस्पताल पठाइएको छ ।
भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिकहरु सबैको विवरणसमेत राखिएको जनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले विशेष परिस्थितिका कारण सीमावर्ती सहरमा अलपत्र परेका नेपालीहरुको उद्धार गरिएकोे जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्