१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


चेकजाँच नगरी बागलुङ प्रवेश गर्न नपाइने


0
Shares

बागलुङ । नोवेल कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर बागलुङको मालढुङ्गामा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

बागलुङ नगरपालिकाले कोरोना भाइरसको सतर्कताबारे जनचेतना फैलाउनका लागि हेल्थ डेस्क स्थापना गरेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

हेल्थ डेस्कमा जिल्ला बाहिरबाट आउने यात्रुहरुको तापक्रम नाप्ने र कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने बताइएको छ ।

चेकजाँच गर्दा कसैमा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेमा तुरुन्तै रिफर गरिने जनाइएको छ ।