कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट


1.222k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ गतेदेखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ ।

बोर्डले गत वर्ष लिइएको अनलाइन परीक्षा सहज भएको भन्दै यसवर्ष पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो ।

बोर्डले सबै प्रदेश परीक्षा कार्यालयलाइ पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ ।

परीक्षा जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।