महामन्त्री थापाकाे नेतृत्वमा २७ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन, सदस्यमा आरजु पनि (सूचीसहित) « Imagekhabar – Online News Portal of Nepal


महामन्त्री थापाकाे नेतृत्वमा २७ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन, सदस्यमा आरजु पनि (सूचीसहित)


1.079k
Shares

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २७ सदस्यीय ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा २७ जना सदस्य मनोनित गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।

समितिमा सभापति पत्नी आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल लगायतका सदस्य छन् ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०. सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा. जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८. सदस्य — श्री जगदीश भट्टराई
१९. सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य