Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता


247
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द प्रालिसँग गरिएको करार सम्झौता रद्द गर्दै पठाएको पत्र बुझ्न होटल आनन्दले बुझ्न इन्कार गरेपछि कोषले सार्वजनिक सूचना मार्फत करार सम्झौता रद्दको जानकारी गराएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष मार्फत धर्मशाला खाली गरिदिन गत बिहीबार पठाएको पत्र होटल सञ्चालक बतास समूहले बुझ्न अस्वीकार गरेको पनि कोषले जनाएको छ । कोषले ब्यापारिक समूहले सम्झौता बमोजिमका शर्त पालना नगरेको भन्दै धर्मशाला भाडामा लगाउने सम्बन्धि करार रद्द गरेको हो ।

आज (साेमबार) प्रकाशित सार्वजनिक सूचनामा होटल सञ्चालकले पत्र नबुझेको र ईमेलबाट समेत करार भङ्ग सम्बन्धि निर्णय जानकारी गराईसकिएकोमा सार्वजनिक जानकारी समेतका लागि सार्वजनिक सूचना जारी गरिएको उल्लेख छ ।