काठमाडौं । नयाँबानेश्वरमा कोरोनाबाट वच्नका लागि सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र माछापोखरी बैंकको सहयोगमा आजबाट हात धुनका लागि पाँच हजार लिटरको पानी ट्याङकी राखिएको छ ।
ट्याङ्कीसंगै हातधुने साबुन र सेनिटाइजर पनि राखिएका छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले यो अभियान नयाँ बानेश्वर लगायका अरु व्यस्त ठाउँहरुमा पनि सुरु गर्न लागिएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्