Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


दिल्ली दूतावासमा चुच्चे नक्सा नराखिएकाेप्रति ओलीकाे प्रश्न


390
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो भन्दै आपति जनाउनु भएको छ ।

आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे ।

नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ भन्दै उहाँले आपति जनाउनुभएकाे छ। उहाँले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै यसकै लागि जानुभएको रहेछ भन्दै असन्तुष्टि जनाउनु भएकाे छ ।

उहाँले भन्नुभयाे, प्रधानमन्त्री फर्किनु भन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?

त्यस्तै, उहाँले सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि भने हात बाँधेर बसेको उहाँको तर्क छ ।