कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको चाप बिस्तारै घट्दै गएको छ ।
भारतमा लगाइएको जनता कर्फ्युका कारण आइतबार नाकाबाट भित्रिने नेपालीहरुको संख्यामा कमी आएको हो ।
भारतमा कोरोनाको संक्रमण बढेपछि शनिबार मात्रै यो नाकाबाट नेपाली १७ हजार बढी नेपाल भित्रिएका थिए ।
नाकामा २४ सैं घण्टा सुचारु गरिएको हेल्थ डेस्कका कारण पनि नेपाल भित्रिनेको संख्यामा कमी देखिएको सशस्त्र प्रहरीका उपरीक्षक विरसिंह साहुले जानकारी दिए ।
यता, एकै पटक दशौं हजारको संख्यामा नेपालीहरु फर्किएपछि अहिले सीमा नाकामा सुरक्षा व्यवस्था कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
जाँचका लागि नेपाली सेना, सशस्त्र प्रहरी, भीमदत्त नगरपालिका र स्वास्थ्य कार्यालयको टोलीसमेत खटाइएको छ ।
स्थानीय प्रशासनले गड्डाचौकीबाहेक जिल्लाका अरु नाका पूर्ण रुपमा बन्द गर्नुका साथै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
गड्डाचौकी नाकाबाट फागुन २३ गतेदेखि शनिबार रातिसम्म ६३ हजार १ सय ८५ जना नेपाली नेपाल भित्रिएका छन् ।









प्रतिक्रिया दिनुहोस्