
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ।
नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज (आइतबार) सुनुवाई नहुनेभएको हाे । नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज (आइतबार) सुनुवाई नहुनेभएको सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले मुद्दाको सुनुवाईमा नबस्ने निर्णय गरेसँगै मुद्दाको सुनुवाई नहुने भएको हाे ।
यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै न्यायाधीस सुवेदीले सोही पक्षसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गर्नुभएको हो । उहाँले आफूले अन्तिरम आदेश जारी गर्दा एकीकृत समाजवादीलाई वैद्यता दिएको भन्दै वैधानिकता सम्बन्धीको मुद्दामा बस्न नमिल्ने जिकिर गर्नुभएको हो ।
सर्वोच्चमा आइतबार गोलाप्रथाबाट उक्त मुद्दा न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीको जलासमा पेसी तोकिएको थियो । यसअघि नेपाल पक्षका वकिलले आइतबारको सुनुवाई सार्नका लागि अघि सारेको मागलाई इजलासले अस्वीकार गरेकोथियो । न्यायाधीश सुवेदीले नै आफू सुनुवाईमा बस्न नमिल्ने भनेपिछ मुद्दाको सुनुवाईमाथि अन्योल सिर्जना भएको छ ।
निवेदक पक्षले आइतबार सुनुवाई नगर्ने हो भने आगामी सुनुवाई गरिने मिति आजै तोक्नुपर्ने माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्