 
	    काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलामा नेपालको मलेसियाविरुद्ध ८५ रनको जित निकालेको छ ।
२ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएसँगै नेपालले ८५ रनको जित हात पारेको हो ।
उसका लागि भीरन्दीप सिंहले सर्वाधिक ४७ रन बनाउँदा अहमद फैजले ३३, ऐनुल हफिजले १८, सैद अजिजले १७ रन जोडे । बाँकी खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले तीन तथा दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले समान दुई–दुई विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले पनि समान एक–एक विकेट हात पारे ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतकीय र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले ।
ऐरीले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले १ सय १० रन बनाउँदा पौडेलले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए । अदिल खान १४ रनमा आउट हुँदा आशिफ शेखले २ रन बनाए ।
बलिङतर्फ मलेसियाका मोहम्मद आमिर, मोहम्मद वफिक, पवनदीप सिंह र स्यान्ज्रुल इद्रुसले समान एक–एक विकेट लिए ।
हारसँगै मलेसिया श्रृंखलाबाट बाहिरिएको छ । उपाधिका लागि नेपालले सोमबार पपुवा न्यूगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्