Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ दलहरूबीच तालमेल हुने


494
Shares

पोखरा । गण्डकी प्रदेशमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीच तालमेल हुने भएको छ ।

नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको पाँच दलका प्रदेश तथा जिल्ला तहका नेताहरूको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने निर्णय गरेको छ ।

आफ्नो संगठनको सांगठनिक अवस्थाको तथ्याङ्क संकलन गरी आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।