Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रधानमन्त्रीसँगै चार मन्त्री पनि भारत भ्रमणमा जाने


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि बिहीबार भारत जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि सहभागी हुने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको नेताहरुले बताएका छन् ।