Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेकाे छ : भट्टराई


65
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै संक्रमणकालबाट गुज्रिरहेको बताउनुभएकाे छ ।

आज (बिहिबार) रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिदैँ उहाँले यस्ताे बताउनुभएकाे हाे । राजनीतिक नेतृत्वले गनुपर्ने काम सबै नेपाली सञ्चार माध्यमले उठाउने गरेको उहाँले बताउनुभयाे । भष्ट्राचार, आम जनताको विषयलाई सञ्चार माध्यमले उठाउने गरेको र त्यसलाई हामीले पछ्याउने गरेकाे उहाँकाे भनाइ छ ।

उहाँले अहिले राष्ट्रियताको प्रश्न अहम रहेको बताउनुभएकाे छ । महाशक्तिहरूकोबीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गनुपर्ने र युक्रेनको घटनाबाट ठुलो पाठ सिक्नुपर्ने र नेपालले सन्तुलित सम्बन्ध बनाएर मात्रै अगाडि बढ्नुपर्ने उहाँकाे तर्क छ।

आफूहरूले लोकतन्त्रलाई ठिक ढंगले पूर्णता दिन नसकेको स्वीकार गर्दै, दुई तिहाई बहुमतले कार्यकाल पूरा नगरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई बताउनु भयाे ।