Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


असन्तुष्ट पक्षको नेविसंघ र तरुण दलको समानान्तर भेला १४ चैतमा


572
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।

गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनित गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भन्नुभयो, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’

उहाँका अनुसार भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।