धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले अन्य दलसँग गठबन्धन गर्ने सम्भावना नरहेको बताउनुभएकाे छ ।
धनगढीमा आज (शुक्रबार) प्रेस चौतारी कैलालीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा मात्र सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्ने उहाँले बताउनुभयो । आगामी वैशाख ३० गते हुने निर्वाचनमा ६० प्रतिशत भन्दा बढि पालिकामा एमालेले जित्ने उहाँको दावी छ ।
सत्ता गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्न अनेक दाउपेच गरेको भएपनि आम नागरिकको दबाबका कारण मिति घोषणा गर्न बाध्य भएको दावी समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्