इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल « Imagekhabar – Online News Portal of Nepal


इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल


1.417k
Shares

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ ।

युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो ।

इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे ।

इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो ।

अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।