गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै


520
Shares

सप्तरी । गृहमन्त्री बालकृष्ण खाँण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडको हतार–हतारमा मर्मत गरिँदै छ ।

बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

बोदेबर्साइन नगरपालिका-५ मा रहेको खडक नदी पुल, वडा नम्बर ३ कुश्मुहारको पुल र बलान बिहुल गाउँपालिका- १ मा रहेको बलान नदीको उद्घाटन गर्न गृहमन्त्री खाँण आउन लागेपछि सडक मर्मतसँगै सरसफाइ गरी चिटिक्क पारिँदै छ।

यही बाटोबाट प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य अतिथिहरूको आगमन हुने भएकोले हतारमा सडक मर्मत गरिएकाे स्थानीय उमेश साहले बताउनुभयाे ।