Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


0
Shares

भीमदत्तनगर, चैत ४ । श्रीमानको कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलबार एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार मदिरा सेवन गरी पुनर्वास–८ ‘क’ गाउँका ६३ वर्षीय सफली बयाडीले श्रीमती ६० वर्षीया खञ्जुरी बयाडीलाई लाठी प्रहार गरी कुटपिट गरेको बताए ।

“श्रीमान्ले कुटपिट गरेपछि वृद्धालाई उपचारका लागि अस्पताल पनि लगिएको रहेछ”, उनले भने, “मङ्गलबार घर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।”

हत्यामा संलग्न बयाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक वृद्धाको शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस