२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


क्षयरोग दिवस सप्ताहव्यापी रूपमा मनाइने


117
Shares

काठमाडौं । २४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरू गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बिहीबार पर्ने यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जिवन बचाऔं’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको जनाइएको छ । जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए ।

क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ ।

क्षयरोगको उपचार सफलता दर ९१ प्रतिशत रहेको केन्द्रले बताएको छ ।े