
काठमाडौं । नेपालको पर्यटन क्षेत्रका अगुवा ब्यक्तित्व राधेश्याम सर्राफको निधन भएको छ ।
९२ वर्षीय सर्राफको उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएको हो । सन् १९६३ मा भारतबाट नेपालमा आएका सर्राफले होटेल क्षेत्रमा लगानी गरेका थिए । सर्राफले होटल याक एण्ड यति संचालन समेत गरेका थिए।
उनको पार्थिव शरीर बुधबार नै काठमाडौं ल्याउने तयारी गरिएको छ । दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सर्राफका दुई छोरा छन् । उमेश र अरुण उनका छोरा हुन् । सर्राफले नेपाल र भारतमा ठूला होटल सञ्चालनमा ल्याएका थिए ।उनले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोलेका थिए ।
उनले त्यसअघि हङकङमा बसेर व्यापार समेत गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्