
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन ।
मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो पार्टीसहित एमालेमा प्रवेश गर्नुहुने भएको छ । उहाँको टोलीलाई पनि अध्यक्ष ओलीले आजै पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री समेत हुनुभएकाे थियो ।
अभिनेत्री करिश्मा मानन्धर भने पहिले नै नयाँ शक्ति पार्टीमा सक्रिय हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्