Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘कोरोनाभाइरस’ फैलन नदिन प्रदेश सरकारहरुलाई जागरुग बनाउने कोसिस


0
Shares

काठमाडौं, चैत ३ । विश्वभर फैलिएको ‘कोरोनाभाइरस’ नेपालमा फैलन नदिन प्रदेश सरकारहरुलाई पनि जागरुग बनाउने कोसिस भइरहेको छ ।

आइतबार सातै प्रदेशका सरकारका प्रतिनिधिहरुसँग संघीय सरकार मातहतको उच्चस्तरीय समितिले छलफल गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीहरुको आइतबार काठमाडौंमा भेला भयो । उद्देश्यचाहिँ चीनबाट सुरु भएर विश्वको १४६ देशमा फैलिसकेको कोरोनाभाइरस नेपालमा भित्रिन नदिने भन्ने थियो ।

बैठकमा प्रदेशको तयारीको सम्बन्धमा जानकारी दिएको र बजेट व्यवस्थाका लागि आग्रह गरेको बताउँछन्, प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे ।

सोक्रममा अस्पतालहरुमा उपकरण र ल्याबको व्यवस्थापन, स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने उपकरणलगायतका विषयमा छलफल भएको थियो ।

यस्तै, औषधि खरिद गर्न नियम–कानुन खुकुलो बनाउनुपर्ने पनि माग गरिएको थियो ।

कोरोना संक्रमणबाट बच्न सबैको पहलकदम आवश्यक पर्दछ । केन्द्र सरकारले पनि प्रदेशसँगको सहकार्य र समन्वयमा संक्रमणबाट बचाउन रणनीतिक काम गर्न आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्