स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो चैत महिनाभित्रै लगाइसक्ने कांग्रेस प्रवक्ता महतको भनाई « Imagekhabar – Online News Portal of Nepal


स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो चैत महिनाभित्रै लगाइसक्ने कांग्रेस प्रवक्ता महतको भनाई


117
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवाको टुंगो चैत महिनाभित्रै लगाइसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सल्यानले आज गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै प्रवक्ता महतले पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरिएको बताउनुभएको हो ।

निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने उहाँको भनाई छ ।

कांग्रेस प्रवक्ता महतले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने नगर्ने निर्णय हुने बताउनुभयो । तर गठबन्धन हुने/नहुने बारेमा ११ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सिद्धान्त तय गर्न सक्ने उहाँको भनाई छ ।