Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेपाल-भारत मैत्री बस सेवा अनिश्चितकालका लागि बन्द


0
Shares

कञ्चनपुर । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो ।

यसअघि स्थानीय जनप्रतिधि,  आमनागरिकले उक्त बससेवाबाट कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै तत्काल रोक लगाउन माग गरेका थिए ।

महेन्द्रनगरबाट भारतका लागि दैनिक सात वटा मैत्री बसहरु सञ्चालनमा हुंदै आएका थिए ।

उता, भारतले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज बाहेकका सबै नाका बन्द गरेको छ ।