Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


असिनापानीले चुट्दा बालकको ज्यान गयो


0
Shares

सन्धिखर्क । अर्घाखाँचीमा असिनापानीले चुटेर एक बालकको ज्यान गएको छ । शितगंगा नगरपालिका १२ का १० वर्षीय बालकको असिनापानीले चुटेर ज्यान गएको हो ।

शितगंगा नगरपालिका रातामाटाका विकास नेपालीको शनिबार राती परेको असिनाले चुटेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

शनिबार दिउँसो घरबाट हिँडेका नेपाली डोहोटेको कुडुले जंगलमा बाटोको कुनामा मृत भेटिएका हुन् । उनी सुस्त मनस्थितिका थिए ।

बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्हरीले बताएको छ ।