५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


नेपालगञ्जका सडकमा सौर्यबत्ती बल्नै छोडे


78
Shares

काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् ।

सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्ती बल्न छोडेका हुन् ।

बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि बत्ति राम्ररी नबल्दा पनि मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत भएर बलेको देखिदैन । उपमहानगरपालिका भित्र दुई सय ५० वटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांश बत्ती बल्दैनन् । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले आरोप लगाउनुभयो ।

यता, उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको दाबी गर्नुभएको छ । उहाँले बत्ती मर्मतका लागि बजेट विनियोजन गरिएको पनि बताउनुभयो ।

सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने हुँदा नियमित मर्मत सम्भार नहुँदा समस्या आउने गरेको हो । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।