३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


टेलिकमको होली अफर, १० दिनमा १० जिबी डेटा


1.326k
Shares

काठमाडौं । नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ ।

चैत ३ देखि सुरु हुने अफर चैत १७ गतेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत २४ घण्टाका लागि ६९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा, ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा र २९४ रुपैयाँमा १० दिनका लागि १० जिबी डेटा उपलब्ध हुनेछ ।

*1415*11#  डायल गरी वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।