१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


तीन सातादेखिको रुसको आक्रमणले युक्रेनका मुख्य शहर अस्तव्यस्त, राजधानी किभ पनि रुसी सेनाकाे घेरामा


377
Shares

काठमाडौं । तीन सातादेखिको रुसको सैन्य आक्रमणका कारण युक्रेनका मुख्य शहर अस्तव्यस्त भएका छन ।

युक्रेनकाे राजधानी किभ पनि चारैतिरबाट रुसी सेनाकाे घेरामा परेकाे छ । युक्रेनमा रुसको सैन्य आक्रमण २१औं दिनमा प्रवेश गरेको छ । तीन सातादेखिको आक्रमणले युक्रेनमा मुख्य शहरहरु अस्तव्यस्त भएका छन् राजधानी किभ शहरलाई चारैतिरबाट रुसी सेनाले घेरा हालेको छ ।

खार्किभ, मरिउपोल, खेर्सन लगायतका केही शहर रुसको पूर्ण नियन्त्रणमा छ । पूर्वी डोनबास क्षेत्रमा युक्रेनको उपस्थिती समेत छैन । यसैबीच मरिउपोल शहरको एक अस्पतालमा ४ सय भन्दा बढी मानिसलाई रुसी सेनाले बन्धक बनाएको आरोप शहरका उपमेयर सर्गेई ओर्लोभले लगाएका छन् ।

केही दिनअघि रुसी सेनाका कब्जामा गएको मारिउपोल शहरको अस्पतालमा रहेका ४ सय बढी चिकित्सक र बिरामीलाई रुसी सेनाले बन्धक बनाएको आरोप उनले लगाएका हुन् ।

यसैबिच रुस र युक्रेनका अधिकारीबिच आज पनि वार्ता हुने भएको छ । रुसी सेनाले युक्रेनको एक मेट्रो स्टेशन र आवासिय भवनहरुमा मंगलबार गरेको हवाई हमलामा ४ जनाको मृत्यु भएको छ । राजधानी किभमा ३५ घण्टे करफ्यु आदेश जारी गरिएको छ ।

यक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्न पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्री रेलबाट जोखिमपूर्ण यात्रा गर्दै किभ पुग्नुभएको छ ।