Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


वालिङ नगरपालिकाद्वारा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न दश बुँदे प्रतिबद्धता जारी


377
Shares

स्याङ्जा । स्याङ्जा जिल्लाकाे वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्नका लागि १० बुँदे प्रतिबद्धता जारी गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले १० बुँदे प्रतिबद्धता जारी गरेको हो ।

सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि व्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो ।