काठमाडौं, साउन २४ । नेकपा मालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ ।
पार्टी महासचिव सीपी मैनालीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विश्वकर्मा र उनीसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र पार्टी सन्चालनका निम्ति स्वेच्छिकरुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनैपनि बन्देज लगाउन नहुने भनिएको छ ।
प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित दुईजनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ । रासस









प्रतिक्रिया दिनुहोस्