
एजेन्सी, फागुन २६ । भारतमा पर्यावरणको मुद्दा उठाइरहेकी बालिका लिसिप्रिया कञ्गुजमले त्यहाँको सरकार र प्रतिपक्षी दुबैलाई आफूले उठाएका माग संसदमा छलफल गर्न ध्यानाकर्षण गराएकी छिन् ।
पर्यावरणको क्षेत्रमा योगदान दिएको भन्दै महिला दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकामा कांग्रेस पार्टीले गरेको प्रशंसाप्रति पनि कञ्गुजमले जवाफ दिएकी छिन् ।
आठ वर्षीया लिसिप्रियाले प्रधानमन्त्री मोदीको सम्मान फिर्ता गरेकामा कांग्रेसले, ‘महिला सशक्तिकरणका नाममा प्रधानमन्त्री मोदीको देखावटी प्रेम र पाखण्ड व्यवहारलाई बहादुर पर्यावरण कार्यकर्ता लिसिप्रिया कंगजमले जवाफ दिएकी छन् । प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर उनले बताएकी छन् कि उनको कुरा सुन्नु कुनै ट्विटर अभियानभन्दा धेरै महत्व राख्छ ।’ भन्दै ट्वीट गरेको थियो ।
कांग्रेसको ट्वीटमा जवाफ लेख्दै लिसिप्रियाले भनेकी छिन्, ‘ठीक छ कांग्रेस पार्टी । तपाईलाई मसंँग सहानुभूति छ । अब मुद्दाको कुरा गरौँ । राज्यसभा र लोकसभामा तपाईँका कति सांसदले मेरो माग उठाउनेछन् ? म चाहँदिन कि तपाईँ पनि मेरो नामको प्रयोग आफ्नो ट्वीटर अभियानमा गर्नुहोस् । मेरो आवाज कसले सुनिरहेको छ ?
लिसिप्रयाको ट्वीटमा कांग्रेस सांसद शशी थरुर ट्वीट गर्छन्, ‘प्रिय लिसिप्रिया, तपाईँको आवाज हाम्रो आवाज हो । म तीन वर्षदेखि शुद्ध हावा नीतिको माग गर्दै वायु प्रदुषणको मुद्दामा राउण्डटेबल बैठक गरिरहेको छु । सन् २०१९ को चुनावभन्दा पहिले नै कांग्रेस पार्टीले पर्यावरणको मुद्दामा लामो चर्चा गरेको थियो । हाम्रो धारणा प्रष्ट छ । हामी गछौँ ।’
थरुरको टालटुले जवाफ चित्त नबुझाएकी लिसिप्रियाले आफूले परिणाम खोजेको भन्दै ट्वीट गर्छिन्, ‘म तपाईको जवाफको सराहना गर्छु । तर तपाई मेरो सवाललाई कुनै वायु नीति आदिको हवाला दिएर टालिरहनुभएको छ । तपाईँको जानकारीका लागि मेरा तीन प्रमुख माग छन् । १) भारतमा जलवायु परिवर्तन कानुन पारित गरियोस्, २) भारतको सबै विद्यालय शिक्षामा जलवायु परिवर्तनको विषय राखियोस् । ३) भारतमा सबै बच्चाका लागि परीक्षा उत्तीर्ण गर्नका लागि १० रुख लगाउनैपर्ने अनिवार्य होस् ।’
लिसिप्रियाको यस मागको समर्थन गर्दै थरुरले भनेका छन्, ‘तपाईको मागलाई हामी खुशीका साथ समर्थन गर्छाैँ । तर अहिले कांग्रेस विपक्षमा छ । म तपाईँसँग बाचा गर्छु कि मौका मिलेलगत्तै तपाईँका तीनवटै माग म संसदमा उठाउनेछु ।’
OK @INCIndia. You feel sympathy for me. It’s ok. Let’s comes to the point. How many of your MPs going to put up my demands in the ongoing Parliament Session both in Lok Sabha & Rajya Sabha?
I also don’t want you to use my name just for twitter campaign? Who is listening my voice? https://t.co/ms54F9MnQt— Licypriya Kangujam (@LicypriyaK) March 7, 2020
पर्यावरण अभियानमा सक्रिय आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री मोदीले गरेको प्रस्ताव अस्वीकार गरेपछि उनको चर्चा चुलिएको हो ।
प्रतिक्रिया दिनुहोस्