
काठमाडौं, फागुन २६ । एक समय निकै चर्चा कमाएकी नायिका सनी रौनियार लामो मौनतापछि ‘खुल्ला आकाश’ नामक गीतका साथ मनोरञ्जनको दुनीयाँमा फर्किएकी छिन् ।
‘प्रेमपिण्ड’ फिल्मकी नायिका अभिनेत्री सनी रौनियार गायिका पनि हुन् । उनले करिब २४ वर्ष अगाडि नै ‘सनी’ नामक एल्बम ल्याइसकेकी थिइन् ।
एकाएक सिनेमा र संगीतको दुनीयाँ छाडेर हराएकी सनी अहिले भने ‘खुल्ला आकाश’ बोलको गीतसहित झुल्किएकी हुन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ल्याइएको उनको यो गीतमा नारीलाई बन्द पिंजडामा नथुन्न र खुल्ला छाडिदिन आग्रह गरेकी छिन् ।
विजय शिवाकोटीको शब्द र वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको उनको गीतको भिडियो पनि सार्वजनिक भइसकेको छ ।
भूषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायाँकन, भरत रेग्मीको सम्पादन रहेको छ ।
सनीले ‘प्रेमपिण्ड’का साथै ‘सडक’,‘सीता’, ‘दैवसंजोग’ जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्