२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सिन्धुलीमा गहुँ खेती सप्रियो


0
Shares

सिन्धुली । यसवर्ष हिउँदमा पर्याप्त वर्षा भएपछि सिन्धुलीको कमलाखोच, मरिण र चदाहा क्षेत्रका फाँटहरुमा लगाइएको गहुँ खेती सप्रिएको छ ।

यसवर्ष जिल्लामा बीस हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा किसानहरुले गहुँ खेती गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

जिल्लामा यसवर्ष प्रति हेक्टर ६ मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको केन्द्रले जनाएको छ ।

कुल ६० हजार मेट्रिकटन गहुँबाली उत्पादन हुने लक्ष्य राखिएको छ । जिल्लामा मुडुले, हाईब्रिडलगायतका आधुनिक जातका गहुबाली लगाइने गरिएको छ ।