Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


हुरीसँगै आगलागी बढ्न थाल्यो, तर उपकरण बनेन


182
Shares

काठमाडौं । हाबाहुरीको मौसम शुरू भएसँगे काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दैनिक आगलागीका घटना बढ्नथालेका छन् । तर, कतिपय जिल्ला मग्नि नियन्त्रणका उपकरण नै छैनन् भने कति ठाउँमा भएका पनि बिग्रेर थन्किएका छन् ।

धेरैजसो आगलालीका घटना विद्युतीय उपकरण जुधेर र खाना पकाउने ग्याँस चुहेर वा चुरोटको ठुटो जथाभावी फाल्नाले भएको अनुसन्धानकर्ताहरूको भनाइ छ । सुकेको पात–पत्कर जलाउनको लागि जंगलमा आगो लगाउनाले पनि यस्ता घटना बढेको बताइएको छ ।

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले गर्मी लागेसँगै आगलागीका घटना बढ्नसक्ने भएकोले सचेत भएको दाबी गर्नुभयो । उहाँका अनुसार यसको लागि वडा स्तरबाटै जनचेतनाका कार्यक्रम शुरू गरिएको छ । आगलागीका घटना हुन नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै उहाँले भन्नुभयो– घटना भएपछि उद्धारतिर लाग्नुभन्दा हुनै नदिनको लागि सावधानी अपनाएका छौं ।

यो समाचार आजको नेपाल समाचारपत्र देनिकमा छ ।