
काठमाडौं, फागुन २५ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा व्यवसायीहरुको संस्था जोन्टा क्लब अफ काठमाडौंले विभिन्न प्रेरणादायक एवं साहसी महिलालाई सम्मान गरेको छ ।
असहज परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न जोन्टा क्लबले वार्षिक रुपमा “येलो रोज डे” कार्यक्रम गर्दै आएको छ ।
ब्लबले प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर पुरस्कारबाट नेपाल प्रहरीका एआईजी डा. आशा सिंह, अमर राना गेम चेन्जर अवार्डबाट खालीसीसी हटकम की सञ्चालक आयुषी के.सी. लाई पुरस्कृत गरेको छ ।
यसैगरी, ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिपबाट प्राश्ना भट्टराई र ज्योति स्कलरशिप अवार्ड फर उमन इन टेक्नोलोजीबाट छिरिङ डिके लामा पुरस्कृत छन् ।
परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा प्रेरणादायक काम गरि प्रचारमा नरहेका महिलाहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको क्लबले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्