२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


एनसेल प्रयोगकर्तालाई ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा


0
Shares

काठमाडौं, फागुन २५ । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदालिन सक्ने भएका छन् ।

एनसेलले नयाँ डेटा बोनस योजना सार्वजनिक गर्दै मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु. २ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्ने जनाएको हो ।

मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा थप बोनस पाइने कम्पनीको भनाइ छ ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर यही फागुन २५ बाट संचालनमा आएको कम्पनीले जनाएको छ ।

यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जाने कम्पनीले जनाएको छ ।