
काठमाडौं, फागुन २५ । पछिल्लो समय उद्यमशिलतामा महिला सहभागीता बढ्दो क्रममा नै रहेको छ । तर पनि पुरुष उद्यमीको तुलनामा संख्या अन्तन्तै न्यून छ ।
यसका लागि सरकारले विभिन्न सुविधाका साथै नयाँ आईडिया विकासमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । सरकारले पनि महिला सिप तथा क्षमता विकास गरि महिलाको पँहुच वृद्धि गर्दै महिला उद्यमशिलताको विकास गर्न विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउँदै आएको छ ।
महिला उद्यमशिलता विकास गर्नको लागी अनुदान तथा सहयोग उपलब्ध गराइपनि प्रभावकारी कार्यान्वयन भई अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन ।
देशै भरी ४ हजार बढि उद्यमी महिला रहेको महिला उद्यमी महासंघ नेपालको तथ्याकं छ । यो पुरुष उद्यमीे संख्याको तुलनामा भने अत्यन्त न्युन हो ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको सहुलियत कर्जा अन्तर्गत् महिला उद्यमशिल कर्जा पनि रहेको छ । यस अन्तर्गत बिना धितो १५ लाख सम्म ऋण पाउन सक्ने व्यवस्था गरिंदै आएको छ ।
तर यो ऋण लिन खोज्दा समेत बैंकहरुले महिलाहरुलाई विश्वास नगरेको तितो यथार्थ रहेको गुनासो छ महिला उद्यमी महासंघकी अध्यक्ष्य रिता सिंह बताउछीन् ।
महिला उद्यमशिलता केही बढ्दै गएपनि सरकारले महिला उद्यमीलाई प्रतिस्पर्धी तुल्याउन अझै थपु्रै कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउछीन् ।
उद्यमशिलता विकास गर्नको लागी नयाँ सोंच प्रवद्र्धनमा पनि सरकारले लगानी बढाउनुपर्ने उद्यमीहरुको सुझाब छ ।
प्रतिक्रिया दिनुहोस्