२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


नारी दिवसमा अन्तरक्रिया


0
Shares

काठमाडौं । १ सय १० औ नारी दिवस विभिन्न संघ–संस्थाले कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।

यसै अवसरमा आज विशाल ग्रुप फाउण्डेशनले काठमाडौंमा नारी भएकै कारण भोग्नु परेको विभेद र चुनौती बारे अन्र्तक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा विभिन्न पेशा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

सहभागि महिलाहरुले आफु नारी भएकै कारण समाजबाट गरिएको विभेदबारे आ–आफ्नो अनुभव बाँडेका थिए ।

कार्यक्रमबारे सहभागी सजल प्रधानले लैङ्गिक समानता जरुरी भएको र त्यसैमा केन्द्रित भएर कार्यक्रम गरिएको बताइन् ।

कार्यक्रमका अन्य वक्ताहरुले नारी र पुरुषबीच गरिने विभेदको अन्त्य नगरेसम्म सभ्य र समुन्नत समाजको परिकल्पना गर्न नसकिने बताएका थिए ।