
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृर्गौला दिने भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले आज ट्विट गर्दै भान्जी समिक्षाले प्रधानमन्त्रीलाई भेट्न चाहेको उल्लेख गरेका हुन् ।
समीक्षाको हालखबर सोध्न समीक्षा रहेको ठाउँमा जाँदा उनले आफू ठिक रहेको तर मामा (प्रधानमन्त्री) भेट्न चाहेको बताएकी थिइन् ।
उनले लेखेका छन्, ‘मैले सोधें कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ।’
साथै उनले भान्जी समिक्षा प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो भिजिटर हुने पनि बताएका छन् ।
उनले आफ्नो भन्दा प्रधानमन्त्रीको चिन्ता गर्ने समिक्षाको भावनाप्रति सम्मान प्रकट गरेको उल्लेख गरेका छन् ।
‘तपाई पहिलो भिजिटर हुनुहुनेछ । आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए।’
प्रतिक्रिया दिनुहोस्