
कपिलवस्तु । वाणगंगा नगरपालिका–८ चप्परगाउँमा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका राजु थारुको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
विपरित दिशाबाट आइरहेका दुई वटा मोटर साइकल एक आपसमा ठोकिएपछि छेउमा रोकिएको कारमा ठोक्किएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
घाइते कार चालक सामान्य उपचारपछि घर फर्किएका छन् । अत्याधिक गतिका कारण मोटर साईकल अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्