
काठमाडौं, फागुन २४ । विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) मा बर्नहाट कलेज छनोट भएको छ ।
नेपालका निजी कलेजमा पहिलोपटक बर्नहाट कलेज क्यूएएमा छनोट भएको हो ।
राजधानीमा शनिबार कलेजले पत्रकार सम्मेलन गरी क्यूएएमा आबद्ध भएको जानकारी दिएको हो ।
सरकारी कलेजमा पुल्चोक इन्जिनियरिङ कलेज, सामुदायिक कलेजमा कोसी कलेज र निजी कलेजमा बर्नहाट कलेज छनोट भएका हुन् ।
विभिन्न चरणहरु पार गरी क्यूएएमा आबद्ध हुने कलेजका विद्यार्थीहरुले विश्वका क्यूएएप्राप्त कलेजमा सिधै अध्ययनका लागि सहज हुने कलेजले जनाएको छ ।
एकपटक क्यूएएमा छनोट भएपछि पाँच वर्षसम्मको समयावधि रहनेछ ।
नेपालमा त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त करिब २४ ओटा कलेज क्यूएएमा छनोट हुन सफल भएका छन् । नेपालका करिब ४०० कलेजले छनोटका लागि निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्