२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


पुँजीपतिको अधीनमा रहेको कारण अर्थतन्त्रमा सुधार भएन : बाबुराम


0
Shares

काठमाडौं, फागुन २४ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पुँजी केही व्यक्तिको अधीनमा रहेकोले आर्थिक विकासमा सुस्तता आएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. भट्टराईले सरकारका कारण देशभित्र रहेको पुँजी केही पुँजीपतिहरुको अधीनमा जाँदा आर्थिक विकास हुन नसकेको टिप्पणी गरे ।

डा. भट्टराईले देशको अर्थतन्त्रको विकासका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्नुपर्नेमा जोड दिए ।