
बारा, फागुन २४ । ‘कोरोनाभाइरस’को त्रास बढेसँगै सिमरा विमानस्थलबाट काठमाडौं जाने प्रत्येक यात्रीलाई बुद्ध एअरले शनिबारदेखि ‘थर्मल स्क्यान’ गरी पठाउन थालेको छ ।
खुला सिमानाका कारण भारतीयहरुले समेत विमानस्थल प्रयोग गर्ने हुँदा विशेष सतर्कता सुरु गरिएको हो ।
बुद्ध एअरले प्रत्येक यात्रीको थर्मल स्क्यान गरेपछिमात्र काठमाडौं पठाउने व्यवस्था मिलाएको छ ।
बुद्ध एअरका सिमरा प्रबन्धक सुरेश रेग्मीले परीक्षणबाट कुनै समस्या देखिए त्यस्ता यात्रीलाई तुरुन्त अस्पताल पठाउने गरी आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्