२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


१०० वर्षमा टेकेका न्यायालयका अग्रज


0
Shares

यज्ञराज पाण्डे र सानु माली (इमेज)

काठमाडौं, फागुन २४ । नेपालको न्यायालयमा सबैभन्दा कान्छो उमेर ३४ वर्षमै प्रधानन्यायाधीश भएर एक शताब्दीसम्म बाँच्ने पहिलो प्रधानन्यायाधीश हुन्, अनिरुद्रप्रसाद सिंह ।

करिब ६ ओटा संवैधानिक अंगको नेतृत्व तहमा रहेर काम गरेका अनिरुद्रप्रसाद सिंह अहिले पनि उही तन्दुरुस्तीका साथ जीवनयापन गरिरहेका छन् ।

०७ सालको परिवर्तनपछि प्रशासनिक नेतृत्वमा भारतीयहरुको बाहुल्यता थियो ।

ठूल्ठूला पदमा भारतीयहरुले नेतृत्व गर्दै–गर्दा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले भारतको दार्जिलिङबाट हरिप्रसाद प्रधानलाई बोलाएर प्रधानन्यायाधीश बनाएका थिए ।

तर, महेन्द्र राजा बनेपछि सबैतिर नेपाली मूलका व्यक्तिलाई नेतृत्व दिने नीति अघि सारे । फलस्वरुप, राजा महेन्द्रले वि.सं. २०१३ सालमा अनिरुद्रप्रसाद सिंहलाई प्रधानन्यायाधीशमा नियुक्त गरे ।

उमेरले १०० वर्ष नाघ्यो, अहिले पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको ।

यो उमेरमा पनि उस्तै तन्नेरी हाँसो छ, मुहारमा । राष्ट्रको अतिउच्च पदमा रहेर ६ दशक मुलुकको सेवा गरे, उनले ।

२०१३ सालमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश र २०१६ सालमा लोकसेवा आयोगको अध्यक्षमा मनोनयन भए ।

त्यसैगरी, २०१७ सम्ममा कानुनमन्त्री, वनमन्त्रीलगायत छ/सात मन्त्रालयको मन्त्रीको रुपमा सेवा गरेपछि २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुखको पदमा नियुक्त गरे ।

सिंहले २०३५ सालमा अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुख आयुक्तको जिम्मेवारी सम्हाले ।

समय–समयमा गठन हुने दर्जनौं अतिउच्च समितिहरुसमेत इमान्दारीपूर्वक जिम्मेवारी सम्हालेका छन्, उनले ।

अन्तर्राष्ट्रियस्तरमासमेत ख्यातिप्राप्त व्यक्तित्व अनिरुद्रप्रसाद सिंह चौतर्फी अध्यक्ष र अनुभवले खारिएका महापुरुष नै हुन् ।

उनी सबैभन्दा कान्छो ३४ वर्षको उमेरमा प्रधानन्यायाधीश बनेको व्यक्ति जुन कुरा उनी अमेरिकाको भ्रमणमा जाँदा त्यहाँको चर्चित पत्रिका ‘न्यूयोर्क टाइम्स’ले उल्लेख गरेको थियो, ‘द योंगेस्ट चिफ जस्टिस इन नेपाल एट द एज अफ ३४’ भनेर ।

१०० वर्षको उमेरसम्म बाँच्ने उनी पहिलो प्रधानन्यायाधीश पनि हुन् ।

भिडियो हेर्नुहोस्